Hymn 179
ख्रीष्टको दयालु बात अनुसार चूर्ण र दीन मन भई,
01
ख्रीष्टको दयालु बात अनुसार चूर्ण र दीन मन भई,
हे प्रभु, यस्तो गर्छु म सम्झन्छु तपाईंलाई ।
02
मेरो निम्ति जीउ भाँचियो स्वर्ग भोजन छ मेरो,
म लिन्छु नयाँ नियमको सम्झौते कटौरो ।
03
गेत्समनीको साह्रो दुःख र संकट क्लेश हेर्दै,
के ती सब कुरा बिर्सन्छु, सम्झन्छु तपाईंलाई।
04
जब हेर्छु कलवरीको क्रूस ख्रीष्ट टांगियो त्यसमा,
ईश्वरको थुमा बलिदान म राख्छु सम्झना।
05
अँ सब तपाईंका पीड़ाको र प्रेम मसँगको,
सास रहुञ्जेल अँ सँधैभर सम्झन्छु तपाईंलाई।
06
जब मेरो मर्ने बेला छ र मेरो प्राण उड़ाई,
जब आफ्नो राजमा आउनेछौं सम्झन्छु होस् मलाई॥