Hymn 177
बालकलाई मकहाँ आउन देऊ, अँ आउनलाई न रोकि देउ,
01
बालकलाई मकहाँ आउन देऊ, अँ आउनलाई न रोकि देउ,
स्वर्गको राज हो यस्तैको, आज्ञा यो छ ख्रीष्ट येशूको ।
02
अँ साँच्चै प्रभु प्रेमी छन्, बालकलाई ग्रहण गर्दछन्,
लैजाऊ सबले उनको काखमा, विन्ती चढ़ाऊँ उनकै नाउँमा ।
03
पानीको यो बप्तिस्मा होस्, ख्रीष्ट प्रभुको आशीर्वाद होस्,
बालकलाई पवित्र आत्मा, दिनोस् र हुनुहोस् साथमा ।
04
बालकलाई ग्रहण गर्नुहोस्, ल्याउँदै छौं प्रभु दर्शन होस्,
तपाईंको दया उसमा होस् सँधैँ भर रक्षा गर्नुहोस्।।