01
मण्डलीको शिर ख्रीष्ट येशूले संसार यो जब छोड्दैथे,
आफ्ना लोकलाई जो साथमा थे मान्नु यो रीत आज्ञा दिए ।
02
मलाई स्वर्ग र पृथ्वीमा छ दिएको अधिकार सारा,
यसकारण सब संसारमा जाऊ सुसमाचार सबलाई सुनाऊ ।
03
पिता, पुत्र, आत्माको नाउँमा देऊ विश्वासीलाई बप्तिस्मा,
आज्ञा सब मेरा सिकाई देऊ सँधै छु साथमा बुझाई देऊ ।
04
हे ख्रीष्ट, यो आज्ञा तपाईंको मान्नु हामी उपस्थित छौं,
आशिष् यो रीतमा दिनुहोस् अनुग्रह साथ ग्रहण गर्नोस्।