01
ईश्वरलाई पुजौं पवित्रता ल्याइकन
दण्डवत् गरौं प्रचारी प्रताप
आज्ञा मनाई र दीनता चढ़ाईकन
उनैको नाउँ लिँदै जो आफैं-आफ।
02
राखौं फिक्रीका भार, ईश्वरको चरणमा
उनले त्यो ह्रदयमा बोक्छन् उठाई
शोक मेटिदिन्छन्, पुऱ्याउँदछन् शरणमा
डोऱ्याउँदै हामीलाई गर्छन् अगुवाई |
03
ईश्वरको महलमा बिना डराइकन
आउन सक्दछौं दीनहीन मनका भई
खाली सच्चाई र प्रेमको धन ल्याईकन
ग्रहण गरिन्छौं यी मात्र चड़ाई ।
04
यति नै, हामी ल्याउँ ख्रीष्ट येशूको नाउँमा
ईश्वरले लिन्छन् ती कारण उनको,
दिन्छन् हर्षको दिन अफशोसको साटोमा
शङ्काको साटो विश्वास दहिलो।
05
ईश्वरलाई पुजौं पवित्रता भइकन
दण्डवत् गरौं प्रचारी प्रताप
आज्ञा मनाई र दीनता चढ़ाईकन
उनैको नाउँ लिँदै जो आफैं-आफ।