01
तपाईंले दिनुभाको दिन बित्यो दिनुभो आज्ञा हवस् रात
बिहान तपाईंको स्तुति गायौं बिसाउँ पनि स्तुति साथ ।
02
होस् धन्यवाद तपाईंको मण्डली भूमण्डल घुम्दा घुम्दामा
न दिउँसो र न राती सुती सब भूलोकमा बस्छ पहरा ।
03
सब महाद्वीप र टापुहुँदो बिहानले दिन पुर्याउँदछ
कहिले नटुङ्गिने विन्ती गर्दा न गीतको सोर चूप हुँदछ।
04
जब हामी सुत्छौं हाम्रा भाई तब जाग्छन् अर्को अर्द्धमा
र हरेक पलमा अर्का लोकले उचाल्दछन् नाउँ प्रभुका ।
05
आमिन, हे प्रभु, राज तपाईंको टल्दैन राज संसारका झैं
तै स्याट्टै नमानिञ्जेलसम्म शेष रहन्छ बढ्दै ।