01
फेरि हे प्रभु, स्तुति गाउँदैछौं, एक मनका भई विन्ती गर्दैछौं
तपाईंको दया हामी गर्छौं याद, र घुँड़ा टेकी माग्छौं आशीर्वाद ।
02
घर जाँदाखेरि मिलाप दिनुहोस्, यस दिनको अन्तसम्म आशिष् होस्,
ओंठदेखि पाप र ह्रदयदेखि लाज, टाड़ो गराउनोस् शान्ति दिनुहोस्।
03
यस आउँदो रातमा दिनोस् मेल र सुख, जसबाट हामीमा न आओस् दुःख,
हामीलाई नोक्सानदेखि निकाल्नोस्, हेरचाह हाम्रो सँधै गर्नुहोस्।
04
सांसारिक जीवनभरि हामीलाई, रक्षा गर्नुहोस्, जब छ लड़ाईं,
जय देउ प्रभु अनि मेल सँधैं, मिलापको राजा सर्वदा तपाईं ।।