01
हे ईश्वर, दयालु पिता! आज मलाई दान दिनु भयो,
हे ईश्वर पिता अब मलाई राख्नुहोस् मुट्ठीमा बचाई।
02
माफ गर्नोस् कारण येशूको सब पाप मदेखि आज जे भयो,
भाई र परमेश्वरको मेल बिन म यो रात भर न गरूँ नींद।
03
सिकाउनोस् यसै जिउनलाई म जानूँ मर्नु सुत्नु झैं,
सिकाउनुहोस् यसै मर्नलाई म बौरी उठू खुशी भई ।
04
निज काखमा मलाई सुताउनोस् मेरा आँखा चिम्लाउनुहोस्,
र जागुँ बेसी बलियो भई तपाईंको सेवा गर्नलाई ।
05
सकिनँ सुत्नु भने त म गरूँ भलो सोच चिन्ता,
हे पिता, पुत्र, आत्मा ज्यू तपाईंनै माथि ध्यान गरूँ।।