Hymn 167
साँझ हुँदा सूर्य अस्ताउँदा मधौरा आए प्रभुकहाँ,
01
साँझ हुँदा सूर्य अस्ताउँदा मधौरा आए प्रभुकहाँ,
ती आए कस्ता दुखेका ती विदा भए चङ्गा भई ।
02
हे प्रभु, फेरि सन्ध्या भो तपाईंकहाँ आयौं दुःखित भई,
तपाईंको रूप अप्रकट तै निश्चय बीचमा छौ तपाईं ।
03
गराउनोस् हाम्रा रोग विसेक छन् कति रोगी र उदास,
कतिको प्रेम भएन ठीक र भए कतिको प्रेम भईगयो नाश।
04
सांसारिक सोच कतिको रोग छ कतिको पाप दुविधा,
छन् यस्ता कतिका कुभोग असाध्यै छन् तपाईं बिना ।
05
संसार छ रित्तो, कतिले चाल पाए तै त्याग्दैनन् त्यो,
मीतदेखि कतिलाई अन्याय तै छैन खोज तपाईं मीतको ।
06
अँ छैन कसैलाई पूर्ण चैन कोई छैन जो छ ठीक निष्पाप,
र सेवा गर्न खोज्ने जन झन पापको ख्यालले छ विलाप ।
07
तपाईं ख्रीष्ट मानिस पनि हौं परीक्षा दुःखको जानापा,
भई अन्तर्यामी जान्दछौ ती पनि दुःख जे लुकेका ।
08
छौ अघि जस्तो शक्तिमान सकल तपाईंका सब अह्राऊ,
यस साँझको घरी हे ईश्वर जनंगेलाई बिसेक गराऊ ।।