Hymn 165
उज्यालो भई गयो प्रभु दिनभरि काम गर्नु
01
उज्यालो भई गयो प्रभु दिनभरि काम गर्नु
अल्छी छोड़ी रमाई उहूँ बिहानको भेट दिनु (२)
02
बोली चालमा चोखो भई प्रभु, घाम जस्तै उज्यालो
सबै देख्छन् मेरो बाटो र विचार सब मेरो। (२)
03
लगाई देऊ मन मेरो प्रभु दिनभरि कामैमा
दुःख-सुख जे-जे होला तपाईंकै नामैमा। (२)
04
गत रातको नींदका लागि प्रभु धन्यवाद दिँदछु
तपाईंको दानै भन्छु मनैमा लिँदछु। (२)
05
रक्षे हवस् दिनभरि प्रभु तपाईं नै देखि
सफल हवस् कामै जति तपाईंकै लागि। (२)
06
सत्य ईश्वर तपाईं प्रभु कोही छैन मेरो
संसार भने पापले भन्यो दुःखको थुप्रो। (२)
07
पापैदेखि यस दिन बाँचु प्रभु गुहारै पाई
मुक्तिदाता आफैं तपाईं बचाई देऊ मलाई।(२)
19
संध्याकालीन