01
बिहान जब हुँदछ मन जागी भन्दछ येशूको होस् बड़ाई !
काम काज र प्रार्थनामा येशू कहाँ जान्छु म येशूकै होस् बड़ाई!
02
नींद जब टर्दछ, आत्मामा खुशी भई येशूको होस् बड़ाई !
कुचिन्ता आउँदामा, मनदेखि राख्छु दूर येशूको होस् बड़ाई !
03
उदास जब हुन्छु, ख्रीष्टमा शान्ति पाउँछु येशूको होस् बड़ाई!
परीक्षा, दुःख भए, ख्रीष्टमा साहस पाउँछु येशूको होस् बड़ाई!
04
सिङ्गै संसार भरी, मधुर राग उचाली येशूको होस् बड़ाई!
आकाश समुद्र, भनुन् सबै मिली येशूको होस् बड़ाई!
05
जबसम्म छ सास, यो गीत मेरो हुन्छ येशूको होस् बड़ाई!
अनन्तको स्तुति होस्, सँधै गुञ्जिरहोस् येशूको होस् बड़ाई !