01
हे मेरो प्राण उठ् सँग घाम र पूरा गर सब आफ्ना काम,
अल्छेई छोड़ र स्तुति गा बिहानको बलिदान चढ़ा।
02
बिता यो दिन भई बुद्धिमान सबै दिनलाई त अन्तकै ठान,
ईश्वरको दानको गर विचार नियाको लागि रह तयार ।
03
हे ईश्वर, गर्छु प्रार्थना यो जे-जे गरूँला आज म,
ती सबमा गोहार दिनुहोस् पवित्र आत्मा दिनुहोस् ।
04
अँ आज मेरो बाटोले आफ्नो महिमा लिनुहोस्,
अँ पिता, पुत्र, आत्माका होस् सँधैं परम महिमा ।।