Hymn 16
हर्षको समाचार सुनाउ आएका छौं
01
हर्षको समाचार सुनाउ आएका छौं
दूतगणको गानको लय लिएर आएका छौं
सुन्नुहोस् आज येशू अवतार भो
बालक भई गोठैमा बेथलेहमको ।।
02
जगमा मानिस पापमा डुबी मर्दैथ्यौं
हाम्रो पापमा मर्न येशूजी आउनुभो
के उदेक कस्तो ठूलो बलिदान,
प्रणाम छ येशू राजा महान् ।।
03
विचार गर्नोस् त्यो अकथ्य प्रेम ख्रीष्टको
हाम्रो पापमा मर्न बैकुण्ठ धाम त्याग्नुभो
हाम्रो पाप बोकी क्रूसमा चढ़नलाई
सबलाई बैकुण्ठमा पुऱ्याउनुलाई ।।
04
सारा लोक दूतगणसँग जय-जयकार गरौं,
हर्षध्वनिले सब जगत गुञ्जायमान पारौं,
आउनुहोस् हाम्रो झुण्डमा सामेल होऊ,
घर-घर यो खबर पुऱ्याउँदै जाऊ ।।