Hymn 15
सुन स्वर्गेदूतको गान होस् अवतारी ख्रीष्टको मान,
01
सुन स्वर्गेदूतको गान होस् अवतारी ख्रीष्टको मान,
भयो संसारमा मिलाप गरे माफ ईश्वरले पाप,
सबै देशका लोक रमाऊ दूतगणसँग जय जय गाऊ,
चारैतिर होस् प्रचार, बेतलेहममा ख्रीष्ट अवतार।
02
ख्रीष्ट सब स्वर्गले पूजेको ख्रीष्ट प्रभु अनन्तको,
पूरा जब समय भयो कन्यादेखि जन्मे ख्रीष्ट,
ईश्वर भए देहधारी धन्य प्रभु ख्रीष्ट अवतारी,
धन्य, ख्रीष्ट गराउने मेल धन्य ख्रीष्ट इम्मानुएल ।
03
धन्य कुशलको प्रधान धर्मको सूर्यलाई प्रणाम,
जीवन ज्योति जगतको आज उदय हुनु भो,
छोड़ी आफ्नो परमधाम अवतार भई गर्नु काम,
हामी सबै मानिसलाई अमर जीवन दिनलाई ।।