Hymn 14
आऊ सबै विश्वासी, आनन्द गर्दै आऊ,
01
आऊ सबै विश्वासी, आनन्द गर्दै आऊ,
आऊ सबैजना मिली बैथलेहेममा।
जगतको त्राता बालक भयो हेर ।
02
हे वचन सनातन, परमेश्वरको पुत्र,
प्रभु येशू हुन् ख्रीष्ट इम्मानुएल
कन्याको गर्भदेखि मानिस जन्मिएको ।
03
हे सब स्वर्गदूतगण, जय-जयकार मनाउँ,
परमेश्वरलाई होस् स्वर्गमा धन्यवाद ।
पृथ्वीमा कुशल मान्छेहरूमा मिलाप
04
आमिन प्रभु धन्य हाम्रो लागि जन्मे
येशू सदा तपाईंको नाम पुजियोस् ।
ईश्वरको वचन अब देही भए ।