Hymn 159
म अधम पापी, चरणमा आए यो जीवन लिनुहोस् (२)
ChorusCh.
जीवनको यात्रामा डोऱ्याउनुहोस् मलाई तपाईंको बाटोमा,
तपाईंको बाटोमा जीवनको यात्रामा ।
01
म अधम पापी, चरणमा आए यो जीवन लिनुहोस् (२)
तपाईंको निम्ति जिउँनेछु प्रभु (२)
शक्ति दान दिनुहोस् (२)
02
तपाईंको गहिरो वचनको अर्थ, मलाई सिकाउनुहोस् (२)
ज्ञान, बुद्धि, विवेक, पवित्र-आत्मा (२)
दान मलाई दिनुहोस् (२)