Hymn 158
संसार खुब राम्रो देख्दछु रमाहट गर्छु म,
01
संसार खुब राम्रो देख्दछु रमाहट गर्छु म,
सब थोकमा घामको किरण देखाउँछ महिमा,
संसारमा बस्दा खेरि म जरूर हर्षिलो छु,
म सँधैभरि पछ्याउँछु ख्रीष्ट येशूलाई ।
02
म सानो यात्री मात्र यात्राको शुरूमा
म जीवन यात्रा गर्दा शोक भेट्ने छु यहाँ
संसार छ शोकले भरेको र विपत् पनि छ
तर जीवनभरि पछ्याउँछु ख्रीष्ट येशूलाई ।
03
सानो यात्रीलाई जस्तै जे-जे मलाई हुन्छ,
हर्ष कि दुःख लान्छु चरणमा येशूको,
उ दुःखमा शान्ति दिन्छन् उ पुछ्छन् सब आँशु,
रमाहट गर्दै पछ्याउँछु ख्रीष्ट येशूलाई ।
04
परीक्षा सताउँदैन दुःखदेखी छैन भय,
जब येशू आउँछन् नजिक शोक हुन्छ टाड़ै नै,
मृत्युले नष्ट पार्दैन जब मृत्यु भेट्ने छु,
स्वर्ग सम्मै म पछ्याउँछु ख्रीष्ट येशूलाई ।