Hymn 157
ईश्वरको छेवैमा जाँदैछु म,
01
ईश्वरको छेवैमा जाँदैछु म,
परे पनि दुःखमा लगिन्छु म,
गीत गाउँदै जय भन्छु, ईश्वरको छेवैमा,
ईश्वरको छेवैमा जाँदैछु म।
02
परेदशी जस्तै छु घाम डुब्दैछ,
बास-गढ़ म खोज्दैछु, रात पर्दैछ,
निद्रामा म हुन्छु ईश्वरको छेवैमा,
ईश्वरको छेवैमा जाँदैछु म ।
03
स्वर्ग लोकको बाटो दिन्छन् मलाई,
सब थोक दिन्छन् मलाई वहाँ आशिष् पाई,
दूतभन्दा श्रेष्ठ हुन्छु ईश्वरको छैवैमा,
ईश्वरको छेवैमा जाँदैछु म।
04
दुःख, शोकलाई फ्याँकेर, शान्त भएर,
खुशी सँधै हुन्छु वहाँ गएर,
शोक हुँदैन साथमा ईश्वरको छेवैमा,
ईश्वरको छेवैमा जाँदैछु म ।
05
हर्षको पखेटा जब लिन्छु म,
संसारको शोक चिन्ता बिर्सन्छु म,
गीत गाउँदै जय भन्छु, ईश्वरको छेवैमा
ईश्वरको छेवैमा जाँदैछु म ।।