01
संग्राम बोकेको जीवन यो पाईला पाईलामा युद्ध छ
युद्ध पछिको मैदान जस्तो, जीवन यहाँ बेरूप छ
बालुवा र घामको छातीमा, इण्द्रेणीका पाखाहरू
बुंद-बुंद किनारहरूमा, ख्रीष्ट त्यहीं छ त्यहीं नै छ ।
02
सभ्यताहरू, प्रयासहरू, आकाश जत्रा बातहरू
ख्रीष्ट बिना ती जे जति छन्, खण्डहरहरूका कथा जस्ता छन्
अग्ला सम्झी पहरामा टेकी, अरूलाई तल देख्नेहरू
आफैभन्दा अग्लामा हेर, ख्रीष्ट झुण्डेको डाँडामा ।।