Hymn 155
सेना हामी ख्रीष्टका हौं युद्ध गर्दै जाऔं
ChorusCh.
बढ्दै बढ्दै जाऔँ पछि नहटौं,
क्रूसको झण्डा काँधमा लिई अघि बढ्दै जाऔँ ।
01
सेना हामी ख्रीष्टका हौं युद्ध गर्दै जाऔं
कनान देशको राहमा सब कदम बढ़ाऔं (२)
कदम बढ़ाउँदै जाऔं बैरीलाई हराऔं
कनान देशमा हामी सब जयवन्तको गीत गाऔं (२)
02
कप्तान हाम्रो सेनाको ख्रीष्ट आफैं हुन्
तलवार हाम्रो आत्माको झीलम धर्मको (२)
सहायता उ गर्छ जीवन संग्राममा ।
दैनिक जीवनको हाम्रो कदम कदममा।
03
बैरी धेरै भए हामी तै हरेस नखाऔं
जयवन्त शक्ति पाउनलाई ख्रीष्ट शरणमा जाऔं (२)
शत्रुलाई हराऔं झण्डा फरफराऔं
ह्रदय हाम्रो नवीन जोशले भराउँदै जाऔं (२)