01
लड़ाईं हुँदछ शत्रु आउँदछन्,
सिपाही! मसीहको झण्डा लेऊ
पोशाक सब लगाऊ उनैलाई समाऊ,
उनैलाई पत्याऊ र शक्ति पाऊ ।
ChorusCh.
हे सिपाही हो ! साहस गरी उठ
सिधा उठ हातमा अस्त्र लेऊ
छिटो हिँड़ कराई - कराई गाऊ
येशू आउँदैछन्, तयारी होऊ ।
02
शत्रु आउँदैछन् अघि बढ्दै जाऊ
नडराई गाऊ जय येशू जय
ढ़ाल र झण्डा लेऊ अघि बढ्दै जाऊ
स्तुति गर्दै गाऊ येशू जय ।
03
हाम्रा प्रभु हुन् प्रार्थना सुन्दछन्
वीर सिपाही होऊ प्रभुमा
लड़ाई सकिन्छ, विजय पाउनेछौं
मुकुट लाउनेछौं त्यस स्वर्गलोकमा ।।