Hymn 153
को छ ईश्वरपट्टि राजालाई मान्ने
01
को छ ईश्वरपट्टि राजालाई मान्ने
कसले गोहार गर्ने, र प्राण बचाउँने,
कसले संसार त्यागी, शत्रुलाई मार्ने,
को छ ईश्वरपट्टि र अघि बढ्ने ?
प्रभुको कृपाले, अँ अनुग्रहले,
हामी ईश्वरपट्टि, हामी उनका हौं।
02
ख्रीष्ट प्रभुले किने, न सुन-चाँदीले,
आफ्नो शुद्ध रगतले, मुकुटको लागि
भरपूर आशिष् दिनु, सबै आउनेलाई,
हामीलाई खुश गराई, स्वतन्त्र बनाई,
प्राण आफ्नो दिई किने, अँ अनुग्रहले,
हामी ईश्वरपट्टि, हामी उनका हौं ।
03
लड़ाईं ठूलो होला, शत्रु बलवान छ,
राजाको लस्करलाई, कसले जित्ने छ ?
उनको झण्डी मुनि, विजय छ निश्चय,
उनको वचन सत्य छ, जयवन्त हुनलाई
आऊँ उनमा रमाउँदै, अँ अनुग्रहले,
हामी ईश्वरपट्टि, हामी उनका हौं ।
04
छानियौं सिपाही, विदेशी ठाउँमा,
गनियौं विश्वासी, कप्तानको झुण्डमा,
राजाको काम गर्नु हामी नडराउँ
हामी राजा भक्त, दीन-हीन सत्य र वीर,
प्रभु छन् बचाउने, अँ अनुग्रहले,
सँधै ईश्वरपट्टि हामी उनका हौं ।