Hymn 152
उठ्दैछ आँधी जीवनको बिगार गर्दै जल-थलमा
01
उठ्दैछ आँधी जीवनको बिगार गर्दै जल-थलमा
खोज्छु शरण उनको आड़मा केही डर छैन जहाँ ।
02
जब जाँच गर्छन् ईश्वरले याद आउने छ स्वर्ग घरको
उनको ताड़ना रीसको होइन तर प्रेम दृढ़ गर्ने हो ।
03
शत्रुले नाश गर्नु खोज्ला शैतान पनि दाऊ हेर्ला
बदलाउनु हुन्छ प्रभुले जोखिमलाई अनन्त सुखमा।
04
आओस् ठूलो आँधी-बेह्री हिँड्दै जान्छु क्रूस उठाई
ख्रीष्ट छ मेरो ढ़ाल र रक्षक केही डर छैन मलाई ।