Hymn 151
मसीह, मसीहको लागि लड़ाईं गर्नुछ,
01
मसीह, मसीहको लागि लड़ाईं गर्नुछ,
उनैको क्रूसको झण्डी, उठाई बोक्नुछ,
जय पाउनु उनले दिन्छन्, जय पाउनु अँ जरूर,
ख्रीष्ट होउन् सबका राजा, नष्ट होउन् सब शत्रु।
02
मसीह, मसीहको लागि लड़ाईं गर्नुछ,
सब ढाढ़स बल र सामर्थ्य, ख्रीष्टदेखि पाउनुछ,
न आफ्नो बलले जित्नु, न आफ्नो हतियार,
अवश्य सबै लगाऊँ, धर्म पुस्तकको अन्सार।
03
मसीह, मसीहको लागि लड़ाईं गर्नुछ,
युद्ध गर्ने बेला कम्मर, सच्चाईले बाँध्नुछ,
विश्वासको ढ़ाल लगाऊँ, र तरवार आत्माको,
सुसमाचारको जुत्ता र झिलम धर्मको ।
04
मसीह, मसीहको लागि लड़ाई गर्नुछ,
आज लड़ाईं गर्नु, भोलि जय पाउनुछ,
दिइन्छ स्वर्गे मुकुट, जयवन्त जनंगेलाई,
र स्वर्गमा सँधै बस्नु, जयवन्त गीत गाउँदै ।।