ChorusCh.
चढ़ाउँछु प्रभु धन्यवाद आज, क्रूसको त्यो प्रेमको निम्ति
थुकाई र कुटाई सहनु भो जति, त्यो सब थियो मेरै निम्ति ।
01
काँड़े मुकुट पहिरी शिरमा, हात-पाउलाई जड़ी क्रूसमा (२)
हुनु भो बली मेरो नै निम्ति, निर्दोष पाठोको रूपमा। (२)
02
पीड़ा तपाईंलाई शान्ति मलाई, क्रूस तपाईंको मुकुट मेरो, (२)
मृत्यु तपाईंलाई जीवन मलाई, प्रेम किन मलाई यस्तो ? (२)
03
देख्छु महिमित स्वर्ग मेरो, तर होइन कमाई मेरो, (२)
हर्षाश्रु झार्दै प्रशंसा गर्छु, यो त हो दान तपाईंको । (२)
04
घृणित पापलाई गर्छु घृणा, कारण यही हो लाने क्रूसमा (२)
सजाउँछु सिंहासन प्रभु ह्रदयमा, रहनुहोस् प्रभु यसमा ।। (२)