Hymn 144
अन्धकार बन्धन दुःखदेखि, येशू ! म आऊँ, येशू ! म आऊँ,
01
अन्धकार बन्धन दुःखदेखि, येशू ! म आऊँ, येशू ! म आऊँ,
पाउन छुट्कारा, हर्ष, दृष्टि, येशू म आउँदैछु ।
आफ्नो रोगदेखि आरोग्यमा, अभावदेखि प्रशस्ततामा
पाप-भूलदेखि पवित्रतामा, येशू म आउँदैछु।
02
मलाई लजाउने बानीदेखि, येशू ! म आऊँ, येशू ! म आऊँ
तपाईंको चरण घोप्टो परी, येशू म आउँदैछु।
आँधीदेखि तपाईंको आड़मा, जगको शोकदेखि सान्तवनामा,
संकष्टदेखि प्रशंसामा, येशू म आउँदैछु।
03
चिन्ता - घमण्ड बेचैनीदेखि, येशू ! म आऊँ, येशू ! म आऊँ,
इच्छा तपाईंको स्वीकार गरी, येशू म आउँदैछु।
स्वार्थदेखि तपाईंको प्रेममा, निराशदेखि परमानन्दमा,
पंक्षी झैं उड़ी प्रेममा, येशू म आउँदैछु ।
04
मृत्युको त्रास भयङकरदेखि, येशू ! म आऊँ, येशू ! म आऊँ।
स्वर्गे घरतिर अघि बढ़ी, येशू म आउँदैछु ।
सत्यनाशदेखि असीम अपार, आश्रयमा पाउन शान्ति उद्वार,
हेर्न मुहार तपाईंको प्रिय मुहार, येशू म आउँदैछु।