01
पर्वतबाट यौटा सानो धारा बग्दै बग्दै बग्दै झर्छ
खल खलको मीठो आवाज सुनाउँदै बग्दै बग्दै झर्छ ।
ChorusCh.
खल खल गर्दै सानो धारा सागरमा जाँदैछ,
खल खल गर्दै सानो धारा स्वर्गीय गान गाउँदै ।
02
सुकेको घाँसको पाखा भिजाउँदै हाँस्दै-हाँस्दै-हाँस्दै बग्छ,
तिर्खा मार्दै पशु र पंक्षीको, हाँस्दै-हाँस्दै बग्छ।
03
जति बग्छ उति बढ्दै जान्छ, गाउँदै, गाउँदै, गाउँदै बग्छ,
जहाँ पुग्छ त्यहाँ आशिष लान्छ, गाउँदै-गाउँदै बग्छ ।
04
हामी सब सानो धाराजस्तै होउँ, आनन्द ल्याउने शान्ति ल्याउने,
हँसिलो भई प्रेम र सेवा गर्ने, आनन्द शान्ति ल्याउने ।
05
अघि बढौं प्रभुको काम गर्दै, स्तुति गाउँदै प्रार्थना गर्दै,
अन्धकारमा ज्योति भई चम्काउँदै, स्तुति प्रार्थना गर्दै।