01
येशूलाई म सब थोक दिन्छु सबै थोक अर्पण गर्छु,
प्रतिदिन तपाईंको साथमा प्रेम र विश्वासमा बढ्छु ।
02
येशूलाई म सब थोक दिन्छु दण्डवत् गर्छु तपाईंलाई,
सांसारिक इच्छा म छोड्छु तपाईं लिनुहोस् मलाई ।
03
येशूलाई म सब थोक दिन्छु आफ्नै बनाउनोस् मलाई
पवित्रात्मा हवस् साक्षी ख्रीष्ट हुन् मेरो, म ख्रीष्टकै ।
04
येशूलाई म सब थोक दिन्छु मेरो जीवन लिनुहोस्,
प्रेम र शक्ति ममा भर्नोस आशिषले भरपूर गर्नोस् ।
05
येशूलाई म सब थोक दिन्छु पवित्रात्मा याद गर्छु,
पूरा मुक्तिमा खुशी छु तपाईंको जय जय गाउँछु।।