Hymn 137
बिहान समय रोप्छौं दयारूपी बीऊलाई,
01
बिहान समय रोप्छौं दयारूपी बीऊलाई,
दिउँसो पनि रोप्छौं, साँझ नपरुञ्जेल,
धीरजले काम गर्छौं, फलको आशा राखी,
ल्याउने छौं रमाउँदै कामको पूरो फल।
ChorusCh.
कामको पूरो फल, कामको पूरो फल,
ल्याउँने छौं रमाउँदै कामको पूरो फल (२)
02
दुःख सही रोप्छौं, सुख भोगी रोप्छौं,
झरी र जाड़ोमा रहन्छौं अटल,
काटने बेला हामी पाकेको फल पाउँछौं
ल्याउनेछौं रमाउँदै, कामको पूरो फल।
03
प्रभु ख्रीष्टको लागि रूँदै पनि रोपौं,
हानि, डर देखेर नबनौं चंचल,
दुःखको अन्त हुन्छ,इनाम पनि पाउँछौ
ल्याउँनेछौं रमाउँदै, कामको पूरो फल।