01
मैंले येशू मित्र पाएँ जो मेरो सब थोक हुन्,
मेरो आत्माको लागि के उत्तम वर,
त्यो सुन्दर फूल त्यो बाटोको, बिहानको त्यो तारा,
मलाई शुद्ध, चंगा पार्ने उत्तम वर!
अफशोसमा मेरो हर्ष, दुःखमा मेरो आशा,
भन्दछन् उनले सोच, फिक्री नगर,
त्यो सुन्दर फूल, त्यो बाटोको, बिहानको त्यो तारा,
कति उत्तम त्यो वर मेरो आत्माको ।
02
उनले मेरो सब दुःख लिए, सबै अफसोस पनि,
परीक्षामा मेरो छ गढ़ बलियो,
सब उनको लागि बिर्से, मेरो हृदयदेखि,
उनको संगमा बस्नलाई मलाई लिए
संसारले मलाई छोड्दा, शैतानले दुःख दिँदा,
ख्रीष्ट प्रभु हुन्छन् साथमा शोक नगर,
त्यो सुन्दर फूल, त्यो बाटोको बिहानको त्यो तारा,
कति उत्तम त्यो वर मेरो आत्माको ।
03
मलाई छोड्ने छैनन् कहिले नभुल्ने छन् मलाई,
विश्वासमा बसी मान्नेछु उनैलाई,
अग्निको देवलभित्र केही मलाई डरै छैन,
मन्ना दिन्छन् भोकाएको आत्मालाई,
मुकुटले पहिऱ्याउँदा दर्शन म गर्नेछु,
बग्दछ जहाँ नदी आनन्दको,
त्यो सुन्दर फूल, त्यो बाटोको बिहानको त्यो तारा,
कति उत्तम त्यो वर मेरो आत्माको ।
१४. सेवकाई र समर्पण