01
जीवन अँध्यारोमा जब आउँछ दुःख,
जब हरेस खान्छौं र हराउँछ सुख ।
तब आशिष गन, येशूलाई हेर,
आशिष गन्दा-गन्दै, लौ त कति धेर।
02
फिक्री, शोकको भारी, तिमी बोक्छौ कि ?
आउने दिनको लागि बाँच्छौ कसरी ?
बाइबल पढ्दाखेरि तिमी बुझ्नेछौ,
हाम्रा प्रेमी पिताबाट सब पाउँछौ।
03
धन-सम्पति हेर्दा थुप्रै अर्काको,
तब सम्झौं हाम्रो धन छ स्वर्गको,
यस संसारको धनले शान्ति मिल्दैन,
तर येशू डाक्छन् जहाँ पीर छैन ।।
04
दिन-दिन लड़ाइँ हुन्छ, छँदा संसारमा
शैतान जित्न खोज्छ हामीलाई सदा
येशू छेउमा बस्दा शक्ति दिनेछन्,
स्वर्ग पुगेसम्म आशिष् गन्दै गन।।