Hymn 131
अगम्य आनन्दले ह्रदय भरपूर छ।
ChorusCh.
हे येशू तिम्रो प्रेम, कति महान छ,
आकाशको तारा, पर्वत समुद्र, सबभन्दा महान् छ, (२)
01
अगम्य आनन्दले ह्रदय भरपूर छ।
प्रभुको कार्य नै धेरै महान् छ।
हरेक साँझ, हरेक बिहान, (२) स्तुतिको योग्य छ। (२)
02
संकटको समयमा जीवन निराश छ।
हे ईश्वर पुकार्छु दया मलाई दर्शाऊ ।
बोलाउनभन्दा पहिला नै भन्छ (२)
म तिम्रो साथ छु। (२)
03
अन्धकार घाटिमा मलाई हिँड़नु छ
मृत्यु र जोखिमको धेरै नै यात्रा छ
गोठालो भई प्रभु डोऱ्याउनु हुन्छ (२)
अनन्त साथी भई। (२)
04
घटी र कमीको मलाई केही डर छैन
हरियो चउरमा मलाई निर्धक्क छ।
भोजन जलले तृप्त म हुन्छु। (२)
ख्रीष्ट मेरो साथ छन् । (२)
05
ईश्वरको भवनमा स्तुति सँधै गर्छु
सम्पूर्ण ह्रदयले उनलाई सँधै भन्छु
स्तुति प्रशंसाको योग्य ईश्वर। (२)
हल्लेलूयाह, आमिन।। (२)