Hymn 130
निरन्तर रहने प्रेम ख्रीष्ट येशूको अनुग्रह असीम अपार,
01
निरन्तर रहने प्रेम ख्रीष्ट येशूको अनुग्रह असीम अपार,
गाउँनेछौं महिमा इम्मानुएल प्रभुको,
होस् उहाँको जय जयकार ।
पापको दास थियौ हामी नरकुण्डको भागी (२)
पापै नजान्ने मसीह येशू प्रभुले,
सबै दोष हटाउनुभो (२)
ChorusCh.
निरन्तर रहने प्रेम ख्रीष्ट येशूको अनुग्रह असीम अपार……
गाउँनेछौं महिमा इम्मानुएल प्रभुको,
होस् उहाँको जय जयकार ।
02
धन्यवाद येशूलाई नचढ़ाई सक्छौं कहाँ ?
हाम्रा उहाँ सृजनहार
तोड़नुभो डरलाग्दो शक्ति सब पापको
हटाउनुभो घोर अन्धकार
अयोग्य भए पनि ज्योतिका सन्तान हामी (२)
यस्तो त्राणकर्ता प्रेमी येशू प्रभुलाई
चढ़ाऔं सबैले धन्यवाद। (२)
03
आनन्दित छौं आज शक्ति पापको भयो नाश,
छुटकारा दैनिक जीवनमा,
सम्पूर्ण ह्रदयलाई शुद्ध स्वच्छ पारेर,
दिनुभो ख्रीष्टले गीत नयाँ ।
जय जयकार मसीह येशू गाउँनेछौं प्यारो प्रभु (२)
बाटोमा तपाईंको जस्तै भएपनि
स्तुति गाउँदै नै जाने छौं ।