Hymn 129
पिताले पुत्रलाई संसारमा दिनुभो
01
पिताले पुत्रलाई संसारमा दिनुभो
यो कति उदेकको प्रेम ईश्वर पिताको
येशू ख्रीष्ट प्रेमिलो प्रेमले स्वर्ग छोड़नुभो
गेत्समनी पनि प्रेमले जानुभो ।
02
प्रेमले क्रूसको मृत्यु भोग्नुलाई जानुभो
मृत्युबाट तेस्रो दिन बौरी उठ्नु भयो
येशू ख्रीष्ट जीवित छन् म उनमा जिउँदछु
तन मनले उनैको गाउँदछु गीत जयको ।
03
उदेकको प्रेमिलो ख्रीष्ट येशू राजाको
धन्यवाद महिमा, स्तुति होस् सर्वदा
जानुभो स्वर्ग धाममा फिर्ने छ बादलमा
लिएर हामीलाई पुऱ्याउँछन् त्यस ठाउँमा ।