Hymn 127
येशू जस्तो नम्र मित्र छैन कोही छैन, कोही छैन
01
येशू जस्तो नम्र मित्र छैन कोही छैन, कोही छैन
मुक्ति दिने पापीलाई कोही छैन, कोही छैन, कोही छैन
ChorusCh.
हाम्रो लड़ाईं उनले जान्दछन् अन्तसम्म डोहोऱ्याउनेछन्,
येशू जस्तो नम्र मित्र छैन कोही छैन, कोही छैन ।
02
येशू जस्तो पवित्र कोही छैन, कोही छैन, कोही छैन ।
उनी जस्तो नम्र, दीन कोही छैन, कोही छैन, कोही छैन ।
03
येशू हुन्छन् सँधै हाम्रो छेवमा, छैवैमा, छेवैमा,
रात कहिले हुँदैन उनको छेउमा रात छैन, रात छैन ।
04
सन्तलाई कहिले नभुल्ने मित्र कोही छैन, कोही छैन,
पापीलाई कहिले नत्याग्ने मित्र कोही छैन, कोही छैन ।
05
येशूको वरदान जस्तो केही छैन, केही छैन, केही छैन,
स्वर्गमा ठाउँ दिने अरू छैन कोही छैन, कोही छैन ।
01
तारणहार येशू बेथलेहम आए
जन्मे डूँड़मा दुःख र हेलामा
ओहो के उदेक उनको नाउँ धन्य होस्
खोज्दै आए मलाई (३)
02
तारणहार येशू कलवरी क्रूसमा
ऋण तिरी मेरो आत्मा छुड़ाए
ओहो के उदेक यो कसरी भो
मेरो लागि मरे (३)
03
तारणहार येशूको पुकार सुन्दा
बगाल छाड़ी जब म बरालिँ
ओहो कस्तो प्यारसाथ मलाई बोलाए
बचाउनुलाई मलाई (३)
04
तारणहार येशूको पुराक सुन्दा
अंगाली मलाई आफ्नो बनाए
ओहो कस्तो आनन्द बयान नहुने
दिए उनले मलाई (३)
05
तारणहार येशू स्वर्गदेखि आउँछन्
हे हर्षको प्रतिज्ञा जीवन अन्तमा
ओहो! म उनलाई ओर्लेको देख्नेछु
साथ लैजानु मलाई (३)