Hymn 126
यस्तो मित्र पाएको छु प्यार गर्ने अघिदेखि,
01
यस्तो मित्र पाएको छु प्यार गर्ने अघिदेखि,
प्रेमले ताने उनले मलाई आफ्नो संगतमा बाँधी,
र मेरो ह्रदय यस्तो छ सँधैं उनमा मिलाको,
म उनको हुँ, उनी मेरो सदा सर्वदाको लागि।
02
यस्तो मित्र पाएको छु त्राण दिनलाई उ मरे,
अमर जीवनदान दिनलाई उ आफूलाई दिइहाले,
म आफ्ना सबै चढ़ाउँछु प्रभुकहाँ अर्पण गर्छु,
समय, शक्ति, सब सम्पत्ति सदा सर्वदाको लागि ।
03
यस्तो मित्र पाएको छु धीरजी र सामर्थी,
यात्रामा मेरो अगुवा, स्वर्गसम्म पुऱ्याउने,
स्वर्ग देशको देख्छु महिमा त्यो मलाई साहस दिन्छ
लड़ाईं, काम अहिले गर्नु छ विश्राम त्यसपछि हुन्छ।
04
यस्तो मित्र पाएको छु दयालु, साँचो, नम्र
खुब ज्ञानी, मन्त्री अगुवा सामर्थी रक्षा गर्ने,
यस्तो मित्रदेखि मलाई कुन शक्तिले छुट्याउँछ,
के जीवन, संकट, मृत्युले ? होइन, म उनको हुन्छु।