Hymn 125
हे प्रेम ! मलाई जानु नदिने म आफ्नो दुःखित आत्मा ल्याउँछु
01
हे प्रेम ! मलाई जानु नदिने म आफ्नो दुःखित आत्मा ल्याउँछु
प्राण अब तिमीलाई दिईहाल्छु जीवनको सागरमा बग्नु, भरपूरी हुनलाई ।
02
हे ज्योति ! मलाई मार्ग देखाउने म आफ्नो सानो बत्ती ल्याउँछु,
आफ्नो मनको ज्योति फर्काउँछु तिम्रो उज्यालोमा बस्नु, ज्योतिमय हुनलाई।
03
हे सुख! मलाई दुःखमा खोज्ने मन मेरो कहिले भाग्नुसक्ने,
बादलमा तिम्रो धनुष हेर्छु करारमा भरोसा राख्छु, दिन मेरो उज्जवल होस्।
04
हे क्रूस ! जो मेरो शिर उठाउने न तिमीदेखि भाग्नु सक्ने,
प्राण तिमीलाई म अर्पण गर्छु फूलजस्तो बढ़ी निक्लनु, प्राण मेरो अमर होस्।