Hymn 124
प्रभुको साक्षी नलजाई, दिन्छु म सर्वदै,
01
प्रभुको साक्षी नलजाई, दिन्छु म सर्वदै,
राख्छु त्यो क्रूसको महिमा, आज्ञा र मान सधैं।
ChorusCh.
क्रूसैमा ! क्रूसैमा ! मलाई परेथ्यो ज्योति, मेरो पापको भारी हटिगयो,
त्यहाँ विश्वास गरी मैंले पाएँ दृष्टि, र जीवन खुशीले भरपूर भो।
02
प्रभु येशू हो उनको नाउँ, यो नाउँ गर्छु स्तुति,
मलाई निराशा, लाजदेखि बचाउँछन् प्रेम गरी ।
03
उनको सामर्थ र छायामा, मृत्युको दिनसम्म,
जो जिम्मा राखें उनकोमा सब उनमा सुरक्षित छ ।
04
ख्रीष्टले ग्रहण गर्छन् स्वर्गमा पिताका सामुमा,
त्यो नयाँ यरूशलेममा ठाउँ पाउँछ यो आत्मा।।
13
विश्वास, प्रेम र भरोसा