Hymn 122
जान्दिनँ म परमेश्वरले प्रेम किन गर्नु भो
01
जान्दिनँ म परमेश्वरले प्रेम किन गर्नु भो
वा ख्रीष्टले किन बचाए अयोग्य प्राण मेरो।
ChorusCh.
तर कसमाथि विश्वास राखें सो जान्दछु म र निश्चय छु म
कि उनलाई जे मैंले सुम्पें, राख्नेछन् सुरक्षासाथ ।
02
जान्दिनँ कसरी बचाउने, विश्वास दिए उनले,
वा उनको वचन पत्याउँदा मनमा शान्ति पाएँ।
03
जान्दिनँ कसरी आत्माले जग दोषी ठहराउँछन्,
वा वचनद्वारा येशूलाई प्रकट गराउँदछन्।
04
जान्दिनँ के आइपर्ने छ, म मर्नभन्दा अघि,
कि हुन्छ मलाई दुःख वा सुख, तृप्ति या गरीबी।
05
जान्दिनँ म कहिले कहाँ, येशू फेरि आउलान्,
कि मरेपछि भेटूंला, कि भेदूँ आकाशमा ।