01
येशू हुन् मेरो कस्तो विलाश, दिँदछन् मनमा महिमाको आश
मुक्तिको भागी स्वर्ग मेरो घर, उनमा म बस्छु सँधै निडर ।
ChorusCh.
यो मेरो हाल छ, यो मेरो गान, गर्छु प्रशंसा प्रति दिनै (२)
02
पूरा भरोसा आनन्द र सुख, अब मेरो मनमा न शोक न दुःख
ख्रीष्टबाट भयो दयाको ज्ञान, दूतगण अब गर्छन् प्रेमको बखान ।
03
विश्वास म राख्छु, ख्रीष्ट मेरो साथ, उनैमा बस्छु सुरक्षासाथ
उनैको प्रेमले पाउँछु विश्राम, जानेछु अन्त्यमा स्वर्गीय धाम ।