Hymn 120
अनुग्रह अपार, मधुर बात, म पापी बाँचेछु,
01
अनुग्रह अपार, मधुर बात, म पापी बाँचेछु,
हराएको थिएँ, पाइएको छु, अन्धो थिएँ देख्दैछु।
02
अनुग्रहमा भय सिकेर, अनुग्रहमा भय-मुक्त,
अनमोल थियो त्यो अनुग्रह विश्वासको त्यस बखत ।
03
जोखिम, श्रम र पासोदेखि निस्किसकेछु म,
अनुग्रहले सुरक्षासाथ पुऱ्याउँछ स्वर्गसम्म ।
04
कमजोर हृदय रोकिजाला, बितिजाला जीवन,
पाउनेछु म यी सबपछि आनन्दमय जीवन ।
05
हजारौं साल जीवित रही चम्किन्दै सूर्य झैं,
प्रशंसा उहाँलाई जो गर्छौं, त्यो हुन्छ एकक्षण झै ।।