जब प्रार्थना गर्छु उनलाई उत्तर चाँड़ै मिलेको
थाहा हुन्छ हर कदममा येशू साथमा हिँडेको
भारी छ यो गह्रौं जुवा एक्लै तान्न सक्दिनँ,
प्रभु दायाँ म छु बायाँ कठिनाईले रोक्दैन (२)
03
किन मलाई प्रेम गर्नुभो कहिल्यै पनि बुझ्दिनँ
जबसम्म जीउनु पर्छ साथ तपाईंको छोड़दिन्न
लिनुहोस् यो पूर्ण जीवन धुनुहोस् त्यो रगतले
तब साक्षी बन्छु प्रभु यो तपाईंको जीवनले (२)