Hymn 117
टाड़ो जाँदा प्रेमलाई भुली घायल हुन्छ मन प्रभुको,
ChorusCh.
कृतज्ञ भई शिर झुकाई जीवन चढ़ाउँन आएको छु,
अमूल्य भेट अरू के छ र? (जीवन मेरै अर्पेको छु) -२
02
टाड़ो जाँदा प्रेमलाई भुली घायल हुन्छ मन प्रभुको,
हुन्छु (नजिक) - २ तिम्रो नै सक्तिनँ म जान टाड़ो।
03
मनलाई खिच्ने वैभव जगतका, विलास बन्लान बाधा मेरा
ख्रीष्टको अदभुत प्रेमैको निम्ति त्याग्छु यिनलाई मनैबाट ।
04
प्रेम छ अगाध प्रभु तिम्रो नै बयान गर्ने शक्ति छैन,
अनन्तकाल सेवा नै गरूँ यस प्रेमबाट उऋण म हुन्न ।
05
जगको निम्ति जिउँदिन प्रभु न ता जिउँछु आफ्नै निम्ति,
सक्तिन म अर्पण नगरी छोटो जीवन तिम्रो नै निम्ति ।
06
दुःखित छु म समयको निम्ति बितेथ्यो जो रहँदा पापमा,
बाकी जीवन कृतज्ञतामा अर्पित होस् प्रभुकै सेवामा ।।