Hymn 116
म छु मैलो कट्कटेको, सर्वाङ्ग मेरो धुनुहोस् ।
01
म छु मैलो कट्कटेको, सर्वाङ्ग मेरो धुनुहोस् ।
तपाईंको गुणले भरेर, बल्दो साक्षी बनाउनुहोस्। (२)
02
पवित्रात्मा पलपलमा मलाई नम्र तुल्याउनुहोस्
कदम-कदममा डोऱ्याउँदै, प्रार्थनाको जीवन दिनुहोस्। (२)
03
येशू तपाईंको भाँड़ो हुँ, अति थकित र कमजोर छु ।
तपाईंको सामर्थी हातले, समातेर चलाउनुहोस्।। (२)