Hymn 114
अन्धकारको सागरबाट ह्रदय खोली विनय गर्छु (२)
ChorusCh.
हे प्रभु मेरो सुन (२) नाथ कृपाल हे मेरो सुन ।
१. अन्धकारको सागरबाट ह्रदय खोली विनय गर्छु (२)
आँशु सरी विनय गर्छु (२) शरणमा पर्छु ।
02
आउँदैछु पापी भएर तपाईं दयासागर हुन्छौं (२)
कष्टित चूर्ण ह्रदय लिन्छौं (२) यी विनय सुन्छौं ।
03
तपाईंलाई अर्पण गर्दछु पवित करूणा निधान छौ (२)
आशा गरी बाटो हेर्छु (२) छुटकारा दिन्छौ।
04
जाँच गर प्रभु मलाई तपाईं मेरो ह्रदय लिन्छौ (२)
दुनियाँको कष्टबाट (२) अनन्त सुख दिन्छौ।।