Hymn 113
सिकाउनोस् सङ्गत गर्न तपाईंको दिन-व-दिन हे मेरो नाथ
01
सिकाउनोस् सङ्गत गर्न तपाईंको दिन-व-दिन हे मेरो नाथ
गराउन शान्त हलचल ह्रदयको याद गर्न तपाईंको साथ
बोल्नुहोस् तब तयार म हुन्छु (२) सुन्नु त्यो मृदु आवाज
गर्नुहोस् गोहार मसीही जीवन बिताउन बिना लाज ।
02
चाहन्छु प्रभु हिँड्न बाटोमा तपाईंको दिन प्रतिदिन
स्वार्थकै कारण याद मलाई हुन्छ छु अति शक्तिहीन
सिकाउनोस् प्रभु गर्नु है सेवा (२) नबनी अपस्वार्थी
बढ़ाई होस् आज प्रभु येशूको बनूँ म निस्वार्थी ।
03
निश्चयता प्रभु आज मलाई छ, भएको छु मृत्युपार
पवित्र आत्मा औ प्रतिज्ञाका भएँ म भागीदार
ल्याउनोस् प्रभु तोड़ी देह मेरो (२) तपाईंको सिद्धता
केवल प्रकाश होस् ज्योति तपाईंको मेरो यो जीवनमा ।