01
प्रार्थनाको समय के मीठो सांसारिक चिन्ता छोड्दछु,
औ आफ्नो पिताको सम्मुख म सब बताउँछु आफ्नो दुःख
ममा जब आउँछ विपत्ती उनले छोड़ाउँछन् तीदेखि
शैतानको जालदेखि बाँच्छु जब प्रार्थना गरी उठ्दछु
02
प्रार्थनाको समय के मीठो जब जान्दछु सच्चाई उनको,
पितालाई विन्ती चढ़ाउँछु र बाटो आशिषको हेर्छु,
र जब बोलाउँछन् उनले कि उनलाई भजुँ सब समय,
म म आफ्नो चिन्ता प्रार्थनामा राख्छु गर्दै आशा उनमा ।
03
प्रार्थनाको समय के मीठो दिलाशी मेरो सदाको
छ जबसम्म यो विश्वास म जान पाउँछु उनको पास,
जब छोड्छु म यस जगतलाई पाउने छु वासस्थान अनन्तकै,
प्रभुको सामने तब आई गाउनेछु, स्तुति प्रभुकै।।