01
प्रभु, दया अब माँगी तपाईंको चरण पर्छौं,
आफ्ना पापका कायल भई लिँदछौं तपाईंको नाउँ।
02
पापी सोंच, निष्प्रेमी कुरा हाम्रो विरूद्ध छन् गवाह,
अयोग्य कर्म, निश्चित सेवा गर्ने काम नगरेका।
03
प्रार्थना गर्दा पनि ह्रदय तपाईंदेखि टाड़ो भो,
मान-मनितो गर्दा ओंठले गरे वचन कपटको।
04
अनमोल बेला व्यर्थे काट्यौं अमोल घड़ी नाहकमा,
कर्हार अनि युद्ध बिर्सी टारी बुद्धिका सल्लाह।
05
प्रभु, दया फेरि माँगी पश्चतापी छौं लजाई,
अब लाभको समय जानी जिउँछौं तपाईंको भई।
06
स्वर्गे पिता, आशिष् दिनोस् उँभोबाट कान लगाई,
प्रेमी, त्राणी, पवित्रात्मा! सुन्नुहोस् हाम्रो दीन दुहाई ।