Hymn 11
परमपिताको चरणकमलमा, आऊ शिर झुकाई,
ChorusCh.
जय होस् प्रभुको जय जय जय जय होस्-२
१. परमपिताको चरणकमलमा, आऊ शिर झुकाई,
प्रणाम गरौं दण्डवत गरौं, दिलको गर्व हटाई
मसीही प्रेम जो दिलमा जगाऊ, दिलको द्वेष हटाई
मसीही ज्योति दिलमा चम्काई, जीवन दीप जलाई- २
02
परमधाममा स्तुति चढ़ाऔं जय जय ख्रीष्टको मनाऔं
तारणहारको प्रेम प्रचारौं लोकलाई ख्रीष्ट चिनाऔं-२
जीवन दीप सबले जलाई मसीही ज्योति फिँजाऔं
अन्धकारले पूर्ण यो जगमा मसीही ज्योति फिँजाऔँ - २
03
जीवन पथमा पाउ बढ़ाऔं लोकलाई ख्रीष्टमा ल्याऔं
ईश्वी तन्त्र झुण्ड हो आऊ हातमा हात मिलाऔं - २
प्रभुको हुकुम पालन गर्ने दिलमा उत्साह जगाऔं
तारणहारको यश प्रचारी, जगमा उच्च गराऔं- २