01
जहाँ पनि प्रभु मलाई डोऱ्याउनुहोस्,
थाह होस् साथमा छौ भन्ने, हात समात्न पाऊँ,
बाटो काँडे होस् या भरेको जालले,
पछ्याउछु म प्रभु डोऱ्याउनुहोस् मलाई।
ChorusCh.
जहाँ पनि मुक्तिदाता, म पछ्याउनेछु, म पछ्याउनेछु,
जहाँ पनि मुक्तिदाता, डोऱ्याउनुहोस् मलाई ।
02
जहाँ पनि प्रभु खालि मुस्कुराऊँ,
रक्षा, बल, शान्ति दिनोस् पापमा नपरौं
बाटो अँध्यारो होस् तर नडराऊँ
जहाँ भए पनि प्रभु साथै हौं
03
जहाँ पनि प्रभु, प्रार्थना यही गरौं,
साँघुरो बाटो हिँडौं कहिले न भट्कौं
पापले खिँच्नु खोजे अस्वीकार गरौं
सोझो बाटो प्रभु साथ साथै हिँडौं ।।