01
हात मेरो थाम्नोस् कमजोर लाचार छु म
हिँड्न सक्तिनँ तपाईंबिना म
हात मेरो थाम्नोस् मेरो प्यारा प्रभु
डर-जोखिमदेखि डराउँदिन म।
02
हात मेरो थाम्नोस् मलाई राख्नोस् छेवमा
तपाईंमा भरपूरी छ आनन्दको
हात मेरो थाम्नोस् न जाऊ बराल्लिई
चिप्लन्छु जब तपाईं छन् टाड़ो।
03
हात मेरो थाम्नोस् बाटो छ अँध्यारो
ज्योतिबिना तपाईंको मोहोड़ाको
जब विश्वासले म त्यो ज्योति देख्छु
हुन्छु म खुशी आनन्द कस्तो ।
04
हात मेरो थाम्नोस् जब नदी पुग्छु
जुन तर्नु भो तपाईं मेरो लागि
स्वर्गीय ज्योति नदीमा चम्कने छ
स्वच्छ र उज्जवल हुनेछ त्यो पानी।